दफा २६
वार्षिक प्रतिवेदन
– (१) कार्यकारी निर्देशकले कोषको कामकारबाहीको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र समितिसमक्ष पेश गर्नु पर्नेछ । समितिबाट पारित प्रतिवेदनको एकप्रति कार्यकारी निर्देशकले नेपाल सरकारसमक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त कोषले वर्षभरि सञ्चालन गरेको कार्यक्रम, कार्यक्रम सञ्चालन गर्दा हुन गएको लागत, कोष सञ्चालन खर्च तथा कार्यक्रमबाट भएको उपलब्धि र भविष्यमा गर्नु पर्ने सुधारसमेतका कुराहरु समावेश गर्नु पर्नेछ ।
(३) कार्यकारी निर्देशकले समितिको स्वीकृति लिई उपदफा (२) मा उल्लेख भएबमोजिमको कोषको वार्षिक प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिकरुपमा प्रकाशन गर्नेछ ।